२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय ससुरालाई जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाका अनुसार आरोपितले पुस १६ गते बलात्कार गरेको र घरका सदस्यहरूले घटना मिलाउने प्रयास गरेकाले ढिला गरी फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २७ गते गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र साहका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।