खनियाबस गाउँपालिका–१ स्थित शिङ्गला देवी माद्यामिक विद्यालयमा फागुन २७ गते साङ्घातिक आक्रमण हुँदा एक विद्यार्थी घाइते भएका छन् ।
विद्यालय कक्षाभित्र खुकुरी प्रहारबाट कक्षा ७ मा अध्यायनरत १३ वर्षीय रबिन तामाङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट रबिनको पेटमा चोट लागेको छ ।
घाइते तामाङको झार्लाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रधानाध्यापक विमल तामाङले बताउनु भयो ।
सोही विद्यालयको कक्षा ८ मा अध्यायनरत १४ वर्षीय विमल तामाङको नेतृत्वमा खुकुरी प्रहार भएको प्रधानाध्यापक तामाङले बताउनुभयो ।
घटनाबारे विद्यालय शिक्षकहरूले सम्झाउन खोज्दा शिक्षकमाथि धम्की आएकोले आफूहरूलाई सुरक्षा चाहिएको शिक्षकहरूले फागुन २७ गते सामुहिक प्रेस विज्ञप्ति मार्फत माग गरेका छन् ।