INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–१, घरभई गोदावरी नगरपालिका–५ बस्ने २४ वर्षीय छविलाल खड्कालाई प्रहरीले ०७८ फागुन २५ गते घटनापछि लुकिछिपी एचबी इट्टाभट्टामा बसेका गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाई फकाई ०७८ फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई २५ गते नै ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते नै पाटन अस्पतालमा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो