INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिद्ध कुमाख गाउँपालिका–२ बरागाउँ का ६० वर्षीय मङ्गले चलाउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले फागुन २३ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको भन्दै न्यायका लागि उजुरी गरिएको पीडितका बुबाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सल्यान अस्पतालमा फागुन २३ गते गरिएको छ ।

घटनापछि ‘फरार’ रहेका आरोपतको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनु भयो ।

अन्य

भिडियो