INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हिंसा अन्त्यको मागसहित जुम्लामा हस्ताक्षर सङ्कलन

जुम्लामा महिला हिंसा अन्त्यको मागसहित हस्ताक्षर सङ्कलन गरिएको छ । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर सङ्कलन गरिएको हो ।

महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिबद्धता सहित फागुन २४ गते २ सय जनाभन्दा बढीले हस्ताक्षर गरेका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा मानव अधिकार रक्षक सञ्जाल जुम्लाको आयोजनामा हस्ताक्षर सङ्कलन गरिएको हो ।

सञ्जालका अध्यक्ष राजबहादुर महत तथा नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हस्ताक्षर सङ्कलन कार्यक्रमको संयुक्त हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

महिलामाथि हुने सबै खाले हिंसा अन्त्यका लागि हस्ताक्षर सङ्कलनदेखि अन्य सचेतिकरणका कार्यक्रम आवश्यक रहेको मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष राजबहादुर महतले बताउनु भयो ।

उहाँका अनुसार संविधानले आर्थिक, सामाजिक र राजनीतिमा सम्मान सहभागिताको अधिकार सुनिश्चिता गरेपनि कार्यान्वयनमा कञ्जुस्याईँ देखिएकाले हस्ताक्षर सङ्कलन जस्ता दबाबमुलक कार्यक्रम गरी हिंसा न्युनीकरण तथा अधिकार कार्यान्वयनका जोड दिन आवश्यक छ ।

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले महिला हिंसा अन्त्य, महिला पुरुषबिचको विभेद अन्त्य बिना सम्भव नभएको बताउनु भयो ।

महिला हिंसा न्युनीकरणका लागि हस्ताक्षरण सङ्कलनले आम नागरिकलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

photo20220309jumla (1) photo20220309jumla (2) photo20220309jumla (3)

अन्य

भिडियो