INSEC Online

📅 २०८३ जेष्ठ २१

अपरिचित व्यक्तिहरूको समूहद्वारा गोली प्रहार, एक जना घाइते

कमला नपा–७ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–१९ बस्ने १८ वर्षीय मुकेश मुखियालाई अपरिचित व्यक्तिहरूको समूहले फागुन २१ गते राति गोली प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।

पीडितका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसेर कुराकानी गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूको समूहले प्रहार गरेको गोली मुकेश मुखियाको घाँटीमा लागेको छ ।

घाइते मुखियालाई जनकपुरको प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा. प्रमोद यादवले बताउनु भयो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो ।

धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतलगायतको टोलीले अनुसन्धानको क्रममा गोली प्रहारको गरेको आशङ्कामा चार जनालाई फागुन २२ गते बिहान गिरफ्तार गरेको छ ।

अनुसन्धानकै क्रममा रहेकाले गिरफतार परेकाहरूको पहिचान गोप्य राखिएको धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

प्रहरीले घटनास्थलबाट पेस्तोल र गोलीको खोका बरामद गरेको जनाएको छ ।

अन्य

भिडियो