INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीद्वारा तीन जना बन्दकर्ता गिरफ्तार

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाले फागुन १६ गते आहवान गरेको नेपाल बन्दका क्रममा प्रहरीले तीन जना बन्दकर्तालाई गिरफ्तार गरेको छ ।

पोखरा महानगरपालिका–८ सिर्जनाचोकबाट बन्द गराउँदैं हिँडेका पोखरा महानगरपालिका–९ का ४५ वर्षीय सोमनाथ अधिकारी र सोही स्थानका ४१ वर्षीय मोहन थापा र २६ वर्षीय मनिष भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएका तीनै जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखी साझँ पाँच बजेपछि रिहा गरिएको उहाँले बताउनुभयो ।

अन्य

भिडियो