INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–६ का २५ वर्षीय इशान अलि मुसलमानलार्ई फागुन ९ गते घरबाट  गिरफ्तार गरेछ ।

पीडितलाई आरोपितले फागुन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते भीम अस्पताल भैरहवामा गरिएको छ  ।

यसैगरी, १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–३ घरभई सिद्धार्थनगर नपा–६ का २१ वर्षीय अरवात भनिने इनामुल रहमान मुसलमानलार्ई फागुन १० गते लुम्बिनीबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर ०७७ चैत १९ गते बलात्कार गरी भिडियो सामाजिक सञ्जालमा राखेको र र पीडितलाई धम्की दिएको भन्दै पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो