सैनामैना नगरपालिका–६ घर भई बुद्धनगरस्थित प्रभात बोडिङ्ग स्कुलमा अध्ययनरत १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी बहिनी नौ वर्षीया प्रसन्न दाहाललाई अपहरण गरेको आरोपमा प्रहरीले सैनामैना नपा–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई फागुन ६ गते गिरफ्तार गरेको छ ।
पीडितहरू विद्यालय जाँदा बाटोबाटै हाराएकोले खोजीका लागि पीडितपक्षले फागुन ५ गते इलाका प्रहरी कार्यालय मुर्गीयामा उजुरी दिएका थिए । बालबालिका घर नआएपछि अभिभावकले विद्यालयमा फोन गर्दा विद्यालय नै नआएको र बाटोमा आउनेक्रममा अभिभावकले लगेको बताइएको थियो ।
बालबालिकाहरू विद्यालय जादै गर्दा उनीहरूका सहोदर फुपाजु पौडेलले लु १ ख ६५८६ नम्बरको स्कुल बस बाटोमा रोककेर फोटो खिच्नको लागि भन्दै लगेको बस चालक र अन्य विद्यार्थीहरूबाट बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
प्रहरीले झापाको विर्तामोड बसपार्कबाट बालबालिकाहरूलाई सकुशल उद्दार गरेको र घटनाका विषयमा थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
बालबालिकाहरूको स्वास्थ्य परीक्षण फागुन ७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थिायो ।