४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –२ का ४८ वर्षीय चन्द्रीका यादव विरूद्ध माघ २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले माघ १८ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी आएको इन्स्पेक्टर युवराजजंग कार्कीले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।