INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाउँपालिका–२ ओक्याजुङका २५ वर्षीय धनबहादुर दर्जीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको माघ २४ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष कैद सजायसँगै ४ लाख रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित युवतीलाई आरोपितले ०७८ मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई मङ्सिर २ गते गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर २७ गते  बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।

जिल्ला अदालतको ०७८ पुस ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा  थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २ गते गरिएको थियो ।

अन्य

भिडियो