१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बर्दियाका २१ वर्षीय सागर चौधरीलाई माघ ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते पाल्पा अस्पतालमा गरिएको छ ।