INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङलाई माघ ५ गते गिरप्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ५ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर साहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ४ गते गरिएको छ ।

अन्य

भिडियो