INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षमाथि हातपात घटनाका आरोपित गिरफ्तार

केदारस्युँ गाउँपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय चक्र बिकमाथि हातपात गरेको आरोपमा प्रहरीले साही ठाउँका ४५ वर्षीय गहिन्दर भनिने गजेन्द्र भण्डारीलाई माघ ३ गते गिरफ्तार गरेको छ ।

माघ ३ गते मदिरा सेवन गरेका भण्डारीले अपशब्द प्रयोग गरी हातपात तथा दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष बिकले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको रायल प्रहरी चौकीका हबल्दार रामसिंह धामीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

गिरफ्तार गरिएका भण्डारीको स्वास्थ्य परीक्षण गर्दा मदिरा सेवन गरेको पुष्टि भएपछि माघ ४ गते प्रहरी चौकीमा उपस्थित हुने गरी स्थानीय पूर्णबहादुर भण्डारीको जिम्मामा छोडिएको बताउनु भयो ।

गाउँपालिकाको कार्यालयबाट घर फर्किने क्रममा केदारस्यु देउरा बजारमा भण्डारीले हातपात गर्नुको साथै त ढुम चस्मा लगाएर गाउँपालिकाको कुर्सीमा बस्ने, मलाई झुक्नु पर्दैन भनेर गालीगलौज गरेकोले न्यायका लागि प्रहरी चौकीमा उजुरी दिएको वडाध्यक्ष बिकले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडित पक्ष र आरोपितलाई माघ ४ गते चौकीमा बोलाएर छलफल भइरहेको रायल प्रहरी चौकीका हबल्दार धामीले बताउनु भयो ।

अन्य

भिडियो