१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका–६ का २१ वर्षीय युवालाई पुस २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितलाई पुस २५ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर इकवाल हवारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते धौलागिरी अस्पताल बागलुङमा भयो ।