सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ, कानेपोखरी गाउँपालिका– २ का ३४ वर्षीय धनबहादुर विष्टलाई पुस २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २४ गते गरिएको छ ।