INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा ९ मा अध्ययनरत १६ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी जिल्ला बलान बेहोल गाउँपालिका–२ स्थायी घर भई मन्थली नगरपालिका–११ को श्री शारदा माविमा कार्यरत शिक्षक ३८  वर्षीय दिनेशकुमार गुप्तालाई प्रहरीले पुस २५ गते गिरफ्तार गर्‍यो ।

विद्यालय छुट्टी भएपछि घर जाने क्रममा उत्तर पुस्तिका लैजाऊ भनि बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरीले आरोपितविरुद्ध बाल यौन दुरुपयोग गर्न नहुने कसुर अन्तर्गत  जिल्ला अदालतबाट पुस २६ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

पीडितक स्वास्थ्य परीक्षण पुस २५ गते प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा गरियो ।

अन्य

भिडियो