६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लिखुतामाकोशी गाउँपालिका–३ धोबी टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले पुस २५ गते धोबी बजारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई घरमा कोही नभएको बेलामा पुस २४ गते राति सुतेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडितका परिवारले आरोपित कामीविरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई पुस २५ गते जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १५ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरियो ।