INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१६ मझगाउँ रेटिना इन्टरनेश्नल स्कुलका प्रधानध्यापक ३२ वर्षीय तिलक भट्टलाई पुस २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस २४ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २५ गते महकाली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो