INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार लेखेको विषयमा पत्रकार शाहीलाई मार्ने धम्की

सुर्खेतको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेको सन्दर्भमा लेखिएको समाचारको विषयमा रातोपाटी अनलाइन कर्णाली प्रदेश प्रतिनिधि पङ्खबहादुर शाहीलाई मार्ने धम्की दिइएको छ ।

अनलाइनमा पुस १५ गते प्रकाशित ‘छापामार शैलीमा वीरेन्द्रको सालिक ठड्याएपछि’ राजकुमार शाही, भरत शाही ठकुरी र टिकजङ्ग शाहीले पत्रकार शाहीलाई सामाजिक सञ्जालमार्फत डर, धम्की र अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएको पत्रकार शाहीेले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित पत्रकार शाहीले आफूलाई गाली गलौज तथा मार्ने धम्की दिएकाले सुरक्षाको माग गर्दै आरोपितलाई कारबाहीको माग गर्दै पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कनक शाहीले पुस २५ गतेसम्म दुवै पक्षलाई बोलाएर छलफल गराउने जानकारी दिनुभयो ।

प्रकाशित समाचारमा सहमति भए वा चित्त नबुझे खण्डन गर्ने र त्यसबिरूद्ध कानूनी उपचार खोज्ने प्रावधान हुँदा हुँदै समाचार लेखेकै भरमा मार्ने धम्की दिइएको प्रति नेपाल पत्रकार महासंघ सुर्खेतले पुस १७ गते विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीका लागि माग गरेको छ ।

‘स्वतन्त्रता पूर्वक, भय रहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि आँच आउने गतिविधि नगर्न महासंघको  आग्रह छ’ विज्ञप्तिमा भनिएको छ ।

Photo20220106skt

अन्य

भिडियो