१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिमकोट गाउँपालिका–४ बुराउँसेका ४८ वर्षीय तारासिंह लामा बिरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता भएको छ ।
आरोपितले ०७८ जेठ १५ गते बलात्कार गर्दा ८ महिनाको गर्भ रहेको भन्दै प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ पुस १७ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भयो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनुभयो ।