INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्तीसोनारी गाउँपालिका –८ दाङका ३६ वर्षीय विनोद घर्तीलाई सोहीदिन सल्यानको कालीमाटी गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

आफन्तको घरमा सल्यान आएको समयमा आरोपितले ०७८ पुस १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दर्ता गरे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १७ गते जिल्ला अस्पताल सल्यानमा गरिएको अस्पतालका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

अन्य

भिडियो