१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माथागढी गाउँपालिका–४ मलेबासका १९ वर्षीय विराट ज्ञवालीलाई १२ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायधीश खड्कबहादुर केसीको इजलासले पुस १३ गते १२ वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ भदौ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २२ गते पाल्पा अस्पतालमा गरिएको थियो ।
आरोपितविरूद्घ प्रहरीले ०७७ कात्तिक १६ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएकोमा जिल्ला अदालतको कात्तिक १६ गतेकै आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनायो ।