शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाँउपालिका‒१ एकतिनका ३५ वर्षीय इन्द्र आङ्बोलाई पुस ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान सुशील थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ४ गते गरिएको छ ।