INSEC Online

📅 २०८३ जेष्ठ २१

चेपाङ समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनिघाटरोराङ गाउँपालिका–३ ओर्वाङस्थित ओवाङ आधारभुत विद्यालयका विद्यार्थीलाई ०७८ पुस ८ गते न्यायो कपडा वितरण गरिएको छ ।

न्यानो कपडा अभावमा जाडोमा काम्दै विद्यालय जानु परेको तथा आगो तापेर रात कटाउनुपर्ने बाध्यतामा चेपाङ समुदायका बालबालिका शिर्षकमा समाचार इन्सेक अनलाइनमा ०७८ मङ्सिर २२ गते प्रकाशित भएपछि सहयोगीहरूले रकम सङ्कलन गरी ९५ जना विद्यार्थीहरूका लागि ज्याकेट, जुत्ता मोजा, टोपी, विस्कुट, लगायतका लत्ताकपडा वितरण गरिएको हो ।

Photo20780908dhading2 विद्यार्थीहरूलाई अमेरिका निवासी नवजिवन परोपकार समाजमा आवद्ध रामानोज बास्तोला, समाजसेवीहरू गीता अधिकारी, यमुना शर्मा, मिरा केसी लगायतको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

नवजीवन परोपकार समाजले सबै बालकालिकाको लागि जुत्ता उपलब्ध गराएको थियो भने अन्यले ज्याकेट, टोपी, मोजा आदी सामग्री उपलब्ध गराउनुभएको थियो ।

बेनिघाट रोराङ गाउँपलिका वडा नम्बर ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले समाज सेवामा लाग्ने सहयोगी सबैलाई धन्यवाद दिँदै गाउँपालिकाले सबैलाई सहयोग गर्न नसकेको अवस्थामा सहयोगीहरूले सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो ।

सबै दाताहरूबाट सङ्कलन गरी ल्याइएको सामाग्री समस्या भोगिरहेका बालबालिकाहरूलाई दिन पाउँदा खुसी लागेको र आगामी दिनमा समेत सहयोग गरिरहने कपडा वितरणको अवसरमा सहयोगी गीता अधिकारीले बताउनुभयो ।

Photo20780908dhading1कार्यक्रममा शुरवी फाउण्डेशनका अध्यक्ष सामाजिक कार्यकर्ता कविन शाक्य  लगायतले शुभकामना दिँदै आफूले समेत यस क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

दिव्यदशएन टेलिभिजनमा मङ्सिर गते बालबालिकाले समस्या भोगेको समाचार प्रशारण भएको थियो । समाचारको प्रभावबाट सहयोगीहरूले रकम सङ्कलन गरेर सहयोगका लागि ओर्वाङ आउनुभएको थियो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराइले सहयोगीहरूसँग पालिकाले साझेदारी गरेर स्थानीय सरकारलाई सघाउन आग्रह गर्नुभएको छ ।

अन्य

भिडियो