INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३८ वर्षीया महिलालाई पुस ३ गते बलात्कार प्रयास गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का हरिदेव झकरैत यादव विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ५ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले आरोपित बिरुद्ध परेको उजुरी दर्ता गरेको र आरोपित ‘फरार’ रहेकाले अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ३ गते गरिएको छ ।

अन्य

भिडियो