INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर जातीय विवाह प्रकरणः केटीपक्षद्वारा केटाको घर तोडफोड र अपहरण गरेको भन्दै प्रहरीमा उजुरी

सर्केगाड गाउँपालिका–१ जैरका १९ वर्षीय चन्द्रे कामीले सोरू गाउँपालिका–४ मुगुकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको आरोपमा केटी पक्षले केटा पक्षको घर तोडफोड गरी दुवैजनालाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

पीडित चन्द्रेका बुवा धनजय कामीले छोराले गत मङ्सिर ५ गते केटीलाई भगाएर आफ्नो घरमा ल्याएको र त्यसको कारण केटी पक्षका करीब १५ जनाको समूहले मङ्सिर २९ गते छिमेकीका घरमा ताला लगाएर आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरू फालेको बताउनुभयो ।

उक्त समूहले सबै परिवारलाई कुटपिट गरेर केटा र केटी दुवैजनालाई अपहरण गरेर लिएको भन्दै पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनुभयो ।

पीडितको उजुरीका आधारमा पुस ३ गते डिएसपी हेरम्ब शर्माको टोलि घटना स्थल गई सुन्तली र उनका ४२ वर्षीय वुवा बिरे मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

बेपत्ता पारिएका चन्द्रेको भने खोजी भइरहेको डिएसपी शर्माले बताउनु भयो ।

अन्य

भिडियो