INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छायाँनाथ रारा नगरपालिका—५ का ३२ वर्षीय शक्तिसिंह कामीलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले ०७८ मङ्सिर १४ गते बलात्कार गरेको  भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मंसिर १५ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभास हमालले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते जिल्ला अस्पतालमा गरिएको अस्पतालका डाक्टर अर्जुन भामले जानकारी दिनुभयो ।

अन्य

भिडियो