INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

तनहुँ जिल्ला भानु नगरपालिका–१० की ४९ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट तथा पन्यू तताएर डामेको आरोपमा लम्जुङ राईनस नगरपालिका–३ निवासी ३८ वर्षीया मुना परियार र उनका पति ४२ वर्षीय विष्णु परियारले प्रहरीले पुस १ गते धुनिबेसी नगरपालिका–५ धार्केबाट गिरफ्तार गरेको छ ।

बोक्सी लागेकोले बोक्सी भगाउने भन्दै पीडित महिलालाई आरोपितद्वयले कुटपिट गर्नुका साथै पन्यूले डामेर घाइते तुल्याएको भन्दै पीडितका आफन्तले पुस १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राम थापाले बताउनुभयो ।

पीडित नातेदारको घर जान लागेको समयमा ज्याला मजदुर गर्ने आरोपितहरूसँग मङ्सिर १२ गते धार्केमा भेट भएको थियो ।

चिनजान गर्ने क्रममा पीडितलाई बोक्सी लागेको छ, बोक्सी भगाउनु पर्छ भन्दै धामी झाक्रीको काम गर्ने आरोपितहरूले पन्यू तताएर डाम्ने तथा कुटपिट गरेका थिए। घटनामा गम्भीर घाइते भएकी पीडितलाई आफन्तले उद्धार गरी सोही दिन उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा लगेका थिए।पीडितकाे हालसम्म सोही अस्पतालमा उपचार भइरहेको पीडितका तर्फबाट प्राप्त उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।

आरोपित दुवै जनालाई प्रहरीले पुस २ गते जिल्ला अदालत पेश गरेकोमा आदलको आदेश बमोजिम बोक्सा बोक्सी आरोप सम्बन्धी मुद्दामा अनुसन्धान गर्न पाँच दिनमो म्याद थप गरी हिरासतमा पठाएको छ ।

अन्य

भिडियो