INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धर्मदेवी नगरपालिका‒३ का ६९ वर्षीय पुष्पबहादुर कोङरेनलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको पुस १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी प्रसाईले बताउनु भयो ।

अदालततको सोही आदेशले कसुरदारलाई २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको छ ।

पीडित बालिकालाई आरोपितले ०७६ साउन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २२ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई सोहीदिन गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा  साउन २५ गते गरिएको थियो ।

अन्य

भिडियो