INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका८ चित्रेका २१ वर्षीय जितेन्द्र नेपालीलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७८ मङ्सिर २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही दिन मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी प्रदिप पौडेलले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

प्रहरीले आरोपितलाई मौखिक उजुरीको आधारमा गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २८ गते पर्वत अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो