१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत जम्मुकश्मीर चट्टा भोर क्याम्प–२ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँहलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते नारायणी अस्पताल बीरगंजमा गरिएको छ ।