INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोडिन युक्त नुन उपभोग गर्नबाट बञ्चित

मुगुम कार्मारोङ गाउँपालिकाका स्थानिय एक वर्षदेखि आयोडिन युक्त नुन उपभोग गर्नबाट बञ्चित भएका छन ।

साल्ट साल्ट्रेडिङ्गले वितरण गर्दै आएको उक्त नुन गाउँपालिकाले गतवर्ष ढुवानीको ब्यवस्था गरेर गाँउपालिकाको केन्द्र पुलु बगरसम्म पु¥याएपछि स्थानियलाई बितरण गरेको थियो  ।

एक वर्ष यता भने ढुवानी रकम नभएको भन्दै कर्पोरेसन र गाउँपालिकालेसमेत पहल नगर्दा गाउँपालिकाको १ हजार ४ सय घरधुरी आयोडियुक्त नुन खानबाट बञ्चित भएका हुन ।

मुगुम कार्मारोङ गाँउपालिकामा साल्ट्रेडिङ्गको डिपो नभएको कारण र गाउँपालिकाको कोटा समेत निर्धारण नभएकोले ढुवानीको समस्याका कारण यहाँका बासिन्दाले सदरमुकाम गमगढीबाटै आयोडिन युक्त नुन लिने गरेको साल्ट्रेडिङ्ग कर्पोरेसन मुगुका प्रमुख खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

साल्ट्रेडिङ्गबाट प्रति एक किलोको नौ रूपियाँका दरले किन्न पाउने  आयोडिन युक्त नुन हाल दुई दिन हिडेर गमगढी जान बाध्य भएको मुगुम कार्मारोङ गाउँपालिका—५ का पेमा तुण्डुप तामाङ्गले बताउनु भयो ।

‘सदरमुकाममा रहेको साल्ट्रेडिङ्गबाट नौ रूपियाँमा लिएकोन नुन घरसम्म ढुवानी गर्दा प्रति किलो ३० देखि ५० रूपियाँ पर्छ’ तुण्डुपले भन्नुभयो ।

ढुवानीका लागि स्रोत र साधन भएकाहरूले बजारबाट ल्याउने गरेको र नभएकाहरूले स्थानिय बजारबाटै ५० देखि ६० रूपियाँ प्रति किलो खरिद गरेर उपभोग गर्ने गरेको तामाङ्गले जानकारी दिनुभयो ।
आयोडिन युक्त नुन सहज उपलब्ध नहुँदा र महङ्गोमा खरिद गर्नु पर्ने भएकोले स्थानियले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्ने गरेको सोही गाँउपालिका—१ का गिर्मे तामाङ्गको भनाइ छ ।

कोभिड–१९ को कारण चीनले नाका बन्द गर्दा दुई वर्षदेखि ढिके नुनसमेत ल्याउन नपाएपछि चर्को भाडामा ढुवानी गरेर सदरमुकामबाट आयोडियुक्त नुन ल्याएर खानु परेको तामाङ्गले दुःखेसो पोख्नुभयो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसनलाई पटक पटक नुन ढुवानी गरेर बिक्रि बितरण गर्र्ने प्रबन्ध मिलाउन गाउँपालिकाले पनि अनुरोध गरेको छ ।

‘सुनुवाई केही हुदैन सर्बसाधरणहरू एक केजी नुन लिन २ हजार भन्दा बढी खर्च गरेर सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको छ ।  धेरै पटक अनुरोध गरेपनि कुनै निकायबाट सुनुवाई नहँुदा यहाँका सर्वसाधारण आयोडिन युक्त नुन खानबाट बञ्चित भएका छन्’ गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले भन्नुभयो ।

अन्य

भिडियो