INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज  गाउँपालिका‒४ का २५ वर्षीय चन्दनकुमार मेहतालाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

16 days campaignNepali

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १३ गते गरिएको चिकित्सक डाक्टर पुजा दासले बताउनु भएको छ ।

अन्य

भिडियो