१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका‒९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिबानासहित ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा २ हजार २ सय जम्मा गराउन आदेश भएको आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरी जिल्लाअ अदालतमा वैशाख २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ वैशाख ३० गते गरिएको थियो ।