दमक नगरपालिका‒१० की ४९ वर्षीया घनादेवी आचार्यको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामकुमार लिम्बूलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा पीडितलाई आरोपितले मङ्सिर १६ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएकी घनाको उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मङ्सिर १७ गते मृत्यु भएको थियो ।

घाइतको मृत्यु भएपछि पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा पत्नी हत्या गरेको आरोपमा निवेदन दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम मेची अस्पतालमा मङ्सिर १७ गते गरिएको छ ।
सोही दिन पीडित पक्षले शव बुझि दमक नगरपालिका‒१० स्थित रतुवा खोलामा सद्गत गरेको प्रहरीले जनाएको छ ।