INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबिवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बालबिवाह गरेको आरोपमा पीडित पक्षले फिदिम नगरपालिका‒६ का १८ वर्षीय मिक्सेन भनिने फुलचन तुम्रोकविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी मङ्सिर ८ गते बालबिवाह गरेको पीडित बालिकाका बाबु गौरीप्रसाद तुम्बापोले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीमा बालबिवाह गरेको निवेदन आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी पश्चात फरार भएका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

16 days campaignNepali

अन्य

भिडियो