१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।
सदरमुकाम स्थित बालिकाको डेरामा मङ्सिर १७ गते राति जबरजस्ती ढोका खोलेर बलात्कार गरेको भन्दै पीडित पक्षले १८ गते जिल्ला प्रहरी कार्यादय दैलेखमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर राजेश तेलीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते दैलेख अस्पतालमा भएको डा. जीवन ज्ञवालीले बताउनुभयो ।
घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर तेलीको भनाइ छ ।