२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठबिसकोट नगरपालिका–१० मरीकट्टाका १९ वर्षीय खडकबहादुर परियारलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुवकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल सल्लेमा गरिएको थियो ।