२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४६ वर्षीय आफन्तलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले मङसिर ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो थियो ।

उजुरीका आधारमा गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको कुराकानी बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।