INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई भारत लैजादै गरेको अवस्थामा प्रहरीले भारत मोतियारी जिल्ला सर्गामपुर ठाना डुमरिया ग्राम विहार घरभई कास्की जिल्ला पोखरा महा–नगरपालिका–११ मा ग्यारेजमा काम गर्ने २२ फारुप अन्सारीलाई कात्तिक ३० गते बेलहियाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले दिल्ली घुमाउने र विवाह गर्ने प्रलोभन देखाएर  कात्तिक २९ गते पोखराबाट सुनौली नाका हुदै  बेचबिखन गर्ने उद्देश्यले भारत लैजादै गरेको अवस्थामा सिद्धार्थनगर नपा–१ बेलहियाबाटे पीडितको उद्दार गरेको हो ।

पीडितले  मानव बेचबिखन तथा ओसार पसार कसुरमा मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

पीडित महिलालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा आफन्त नेपाल संस्थाको आवास गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो