INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गैडहवा गाउँपालिका–९ सेमरहवाका २७ वर्षीय समिर मुसलमान विरूद्ध कात्तिक २६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले कात्तिक २० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले  उजुरी दिएको  इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर रविन्द्र महतले बताउनु भयो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको महतले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो