१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका– ४ का २२ वर्षीय मनिष राईलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको छ ।