INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ पुलाचौरका २४ वर्षीय हिटमेन बानियाँ, १८ वर्षीय प्रवेश रामदाम भन्ने प्रदीप कुमार बिक र २२ वर्षीय प्रकाश रामदामलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईका अनुसार प्रकाश रामदामलाई रुपन्देही र प्रदिप र हिटमेनलाई पोखराबाट गिरफ्तार गरिएको हो ।

मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा ३(ङ) अनुसार अठार वर्ष वा अठार वर्ष भन्दा माथिका महिलालाई बलात्कार गरेमा सातदेखि १० वर्ष कैद सजाय र उपदफा ७ बमोजिम सामूहिक बलात्कार गरेमा पाँच वर्ष कैद थप हुने छ ।

बेनी अस्पतालका सूचना अधिकृत मेडिकल रेकर्डर प्रकाश सुवेदीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते गरिएको छ ।

अन्य

भिडियो