INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको सुर्यपुरा गाउँपालिका–८ स्थायी घर भई खाँडादेवी गाउँपालिका–१ मा बस्दै आएका ४१ वर्षीय कृष्ण विकासलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेपछि पीडित महिलाको अत्यधिक रक्तश्राव भएको थियो ।

गाउँमा उपचार हुन नसकेपछि पीडित महिलालाई कात्तिक १८ गते थप उपचारका लागि काठमाडौँ लगेर एक अस्पतालमा भर्ना गरिएको छ ।

अत्यधिक रक्तश्रावको कारणबारे डाक्टरले सोधेपछि ती महिलाले आफू बलात्कृत भएको बताएकी थिइन् ।

सोही सूचनको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

अन्य

भिडियो