अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसिएशन, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले मोतिपुर घटनाको कात्तिक ४ र ५ गते स्थलगत अध्ययन तथा अनुगमन गरेका छन् ।
अनुगमन टोलीले घटनास्थलको अनुगमन, स्थानीय प्रत्यक्षदर्शीहरू, मृतकका परिवार, गिरफ्तार गरिएका व्यक्ति, स्थानीय जन प्रतिनिधि, सशस्त्र प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाका बारेमा जानकारी लिएका थिए ।
अनुगमन टोलीमा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सुनिलकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृतद्धय दिपक ठाकुर, बसन्त अर्याल, एडभोकेसी फोरमका संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसी रहनु भएको थियो ।
स्थलगत अध्ययन प्रतिवेदन छिट्टै सार्बजनिक गरिने इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताउनु भयो ।


