INSEC Online

📅 २०८३ जेष्ठ २२

वैवाहिक बलात्कारपछि हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२५ वर्षीया पत्नीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै २७ वर्षीय पति सहित परिवारका अन्य सदस्यविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दर्ता गराएकी छिन् ।

०७८ असार २७ गते विवाह गरेकी पत्नीलाई असार २८ गते बलात्कार र असार २९ गते घरको छतबाट धकेलेर हत्याको प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा छुट्टाछुट्टै उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

घटनापछि घाइते भएकी पीडित उपचारबाट फर्किएपछि वैवाहिक बलात्कार घटनामा पति र ज्यानमार्ने उद्योगमा पति, ५५ वर्षीय ससुरा, ५० वर्षीय सासू र २५ वर्षीय देवरविरुद्ध उजुरी दर्ता गराएको पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि घटनाको अनुसन्धान भइरहको डिएसपी गिरीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २९ गते जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

अन्य

भिडियो