म्याङ्लुङ नगरपालिका–९ की ५५ वर्षीया दिलकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति नरबहादुर लिम्बूलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मदिरा सेवन गरि असोज ३० गते चिर्पट प्रहार गरि हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घटनालगत्तै घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल असोज ३१ गते गरिएको छ ।
पीडित पक्षले असोज ३१ गते शव बुझि म्याङलुङ नगरपालिका–१० स्थित गढीजङ्गलमा सद्गत गरेको छ ।