INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

३७ वर्षीया महिलालाई बेचबिखन गरी फरार रहेका कसुरदार शुक्लाफाँट नगरपालिका–१ बन्साका ४५ वर्षीय गणेशप्रसाद जोशीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ ।

१२ वर्ष अगाडी महिलालाई भारतको नयाँ दिल्ली लगेर बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालत,कञ्चनपुरले २०६६ जेठ २५ गते २० वर्ष कैद र २ लाख रुपियाँ जरिवारनाको फैसला सुनाएको भएपनि कसुरदार जोशी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयले कसुरदार जोशीलाई १२ वर्षपछि घरमै लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको हो ।

पीडित महिलाका आफन्तले बेचबिखन गरेको आरोपमा ०६४ सालमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले कसुर ठहर गरी २० वर्ष कैद र २ लाख रुपियाँ जरिवानाको फैसला सुनाएको भएपनि कसुरदार फरार रहेका भएपनि खोजी गर्दै जाँदा घरमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो ।

जिल्ला अदालतले कसुरदार जोशीलाई असोज १२ गते नै कैद भुक्तानका लागि जिल्ला कारागार, कञ्चनपुरमा पठाएको छ ।

अन्य

भिडियो