INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

हेटौँडा उपमहानगरपालिका निवासी १९ वर्षीया महिलालाई ०७७ मङ्सिर १९ गते बलात्कार गरेको कसुरमा अदालतबाट जेल सजायको फैसला भएका उपमहानगरपालिका–९ का २७ वर्षीय ओम पुलामी मगरलाई प्रहरीले ०७८ असोज ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालत हेटौँडाका न्यायाधीश मनोज श्रेष्ठको इजलाशले ०७७ चैत १८ गते मगरलाई जबरजस्ती करणी मुद्दामा दुई वर्ष ६ महिना कैद सजायँ तोकेको थियो ।

अदालतको फैसला कार्यान्वयन नगरी लुकेर बसिरहेका मगरलाई गिरफ्तार गरी असोज ११ गते नै अदालत पेश गरिएको र सोही दिन कैद भुक्तानका लागि भिमफेदी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले बताउनुभयो ।

अन्य

भिडियो